काठमाडौं । मोरङको विराटनगर उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख (मेयर–उपमेयर) सहित ७२३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । कुल १९ वडा रहेको विराटनगरमा मेयर पदमा सत्ता गठबन्धन रहेको छ भने एमाले एकल भिडन्तमा रहेको छ ।
विराटनगर महानगरपालिकाको मेयर पदमा काँग्रेसबाट नागेश कोइराला उम्मेदवार छन् भने एमालेबाट सागर थापा रहेका छन् । यस्तै उपप्रमुखमा एमालेले सिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट जसपाले अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
विराटनगरमा प्रमुख पदमा १३ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा १४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, ०७ : ५०
लेखकबाट थप