काठमाडौं । सक्रिय पूर्वमनसुनका कारण आइतबार रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ । नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार यति बेला नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय प्रणाली र पश्चिमी वायुसहितको वर्षा गराउने प्रणाली सक्रिय छ ।
तेहेरो मौसमी प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा निरन्तरजस्तै रहने महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले भने, “सोमबार रातभर देशका धेरैजसो स्थानमा वर्षाको क्रम जारी छ, मङ्गलबार बिहान घाम झुल्के पनि दिउँसो फेरि वर्षा निरन्तर हुने सम्भावना छ ।”यस अवधिमा देशव्यापी रूपमा सामान्य बदली हुनेछ ।
मङ्गलबार लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेग छोएका सबैजसो भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । बुधबारदेखि भने मौसममा हल्का सुधार आउनेछ । तथापि जलवाष्पयुक्त वायुको आगमन निरन्तर रहेको खण्डमा थोरै भेगमा मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० बैशाख २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह