विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

शनिबार, ०५ जेठ २०७५, १८ : ११
विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

संयुक्त राज्य अमेरिका । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ । टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ ।

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका कारण अत्यन्त मर्माहित भएको बताउनुभयो । घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिनुभयो ।  (रासस/सिन्ह्वा)

 

प्रतिक्रिया दिनुहोस