मन्त्रिपरिषद् बैठक बस्दै,  नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्तको तयारी

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, ०९ : ४६
मन्त्रिपरिषद् बैठक बस्दै,  नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्तको तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आइतबार (आज) बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक ११ बजे बस्न लागेको हो ।

श्रोतका अनुसार बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

​नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी मध्येबाट बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने उल्लेख छ । नयाँ आईजीपीको फुली लगाउन चारजना एआईजीहरु प्रतिस्पर्धामा छन् ।

हाल प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस