काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भीडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदमै उम्मेदवार सुरेन्द्र श्रेष्ठबिच भीडन्त हुने निश्चित भएको हो।
नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँजेठान हुन्। मध्यपुर थिमिमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन्। यो नगरपालिकामा मुख्य शक्तिको रूपमा कांग्रेस र एमाले नै हुन्।
गएको निर्वाचनमा यो नगरपालिकामा मेयरमा एमालेका मदनसुन्दरले नै जितेका थिए। उनले नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई पराजित गरेका थिए। त्यो बेला नेपाल मजदुर किसान पार्टीको सहयोगले मदनसुन्दरले मेयर जितेका थिए। उक्त समयमा एमाले र नेपाल मजदुर किसान पार्टीबीच गठबन्धन भएको थियो। मेयरमा एमालेका मदनसुन्दर र उपमेयरमा नेपाल मजदुर किसान पार्टीले भाग पाएको थियो।
मदनसुन्दर वर्तमान मेयर पनि हुन्। नेकपा एमालेले नयाँ कार्यकालका लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो। मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ बैशाख २०७९, ०७ : ५२
लेखकबाट थप