अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

शुक्रबार, ०४ जेठ २०७५, १३ : ५०
अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

वासिङ्टन । अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति हुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गर्नुभएको थियो ।
उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त हुनुभएको हो ।
उहाँ सिआइएकै कर्मचारी हुनुहुन्छ । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उहाँको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ ।
उहाँको अनुसन्धान तहकिकात पद्दति त्यतिधेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो ।
उहाँभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री हुनुहुन्छ । उहाँले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिनुभएको थियो ।
ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उहाँको नाम बहुमतबाट अनुमोदन भएको थियो ।
उहाँले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँले सीआइएमा ३३ वर्ष काम गर्नुभएको छ । त्यसैगरी उहाँले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा गर्नुभएको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस