काठमाडौं महानगरपालिकामा एमालेले केशव स्थापितलाई उठाउने

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, २१ : ४२
काठमाडौं महानगरपालिकामा एमालेले केशव स्थापितलाई उठाउने

काठमाडौं । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । सुनिता डंगोललाई उपमेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ ।

दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस