काठमाडौं । हाम्रो भान्सामा विभिन्न प्रकारका सागसब्जीको प्रयोग हुन्छ । टमाटर, पालक, लौका जस्ता तरकारी पोषणले भरिपूर्ण हुन्छन् भने धनियाँ र कढीपत्ता औषधिको रुपमा पनि प्रयोग गर्न गरिन्छ ।
तर तरकारी पकाउने बेलामा भने हामी त्यति ख्याल भने गर्दैनौं । तरकारी पकाउँदा पौष्टिक तत्व नष्ट हुनेगरी धेरैबेर पकाउने गर्छौं ।तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् ।
दाल, तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग गरिन्छ । तर टमाटरलाई जति धेरै पकायो त्यति नै त्यसमा भएको पोटासियम र भिटामिन सी नष्ट हुँदै जान्छ । काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।दालमा टमाटर राख्नु छ भने स-सानो गरेर काटेर पाकिसकेपछि माथिबाट राख्नुपर्छ । यसका साथै भेलपुरी,, चनाजोर गरम आदिमा राखेर पनि टमाटर खान सकिन्छ ।
पालक
शरीरमा आइरनको कमी भए चिकित्सकले पालकको तरकारी खान सल्लाह दिन्छन् । १०० ग्राम पालकमा ९१ प्रतिशत पानी र तीन ग्राम प्रोटिन पाइन्छ । यसमा भिटामिन सी, भिटामिन के, क्याल्सियम, फाइबर र ओमेगा-३ पाइन्छ ।
मांसाहारी परिवारका लागि पालक निकै फाइदाजनक मानिन्छ । पालकलाई पकाएर खाँदा त्यसमा भएको प्राकृतिक जल नष्ट हुन्छ । पालकलाई पकाएर खानु भन्दा सफा पानीमा उमालेर, मनतातो पानीमा पकाएर तथा पाकिसकेको दालमा काटेर राख्दा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।यस्तो गर्दा दालमा स्वाद आउँछ भने पालकमा भएको पौष्टिक तत्व कायम रहन्छ ।
कुन्दरु
कुन्दरुमा मधुमेह नियन्त्रण गर्ने गुण हुन्छ । यसमा फाइबर पाइने हुँदा यसले मोटोपन घटाउन मद्दत गर्छ । काँक्रा जस्तो गरी कुन्दरुलाई काँचै सलादका रुपमा प्रयोग गर्न सकिन्छ ।यसका अतिरिक्त पुदिना, सिमला मिर्च, टुसा पलाएको अनाजलाई पनि काँचै खान सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १२ : १७
लेखकबाट थप