तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले कार्यकाल नसकिदैं फिर्ता गरे गाडी

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, ११ : ११
तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले कार्यकाल नसकिदैं फिर्ता गरे गाडी

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै  गाडी फिर्ता गरेका छन । अ‌ाफूले प्रयोग गर्दै अ‌ाएको गाडी फिर्ता गर्नु  नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।

'धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन  । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो',  न्यौपानेले भने । 

प्रतिक्रिया दिनुहोस