काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ।
विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ। महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो।
यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको थियो। विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए। २०७४ सालमा जसपा ६, नेकपा (एमाले) ३, माओवादी केन्द्र १ वटा वडामा विजयी भए। स्वतन्त्र उम्मेदवारले २ वटा वडाध्यक्ष जिते।
यसअघिको परिणाम र यसपटक संगठन झन् मजबुत भएको आँकलन गर्दै कांग्रेसले विराटनगरमा कोहीसँग पनि तालमेल आवश्यक नरहेको भनेर निर्णय गरेको थियो। विराटनगरको मेयरमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दीरा कार्की, दीपक चापागार्ईं र गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेकामध्ये संग्रौला, अर्याल, कोइराला र पराजुली मुख्य दाबेदार हुन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ बैशाख २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा