जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएका जानकी राम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हाल वडा ७ को अध्यक्षसमेत रहेका साहलाई एमालेका अध्यक्ष केपी शर्माले काठमाडौंमै एक कार्यक्रम गरि पार्टी प्रवेश गराएका हुन् । मेयर पदका प्रत्यासित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेको थियो। तर उनलाई पछि हटाएर साहलाई मेयरको टिकट दिने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने