काठमाडौं । सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७३० मा कायम भएको छ । दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा सोही वृद्धि टिक्न सकेन ।
बजार सामान्य अंकमा बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको भयो । ९७ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो ।
सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।
अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे । सोमबार पहिलो एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर परेको थियो । एक घण्टामै सो सेक्टर २.११ प्रतिशत बढेको थियो, अन्तिमसम्म सोही वृद्धि टिकेन ।
आज उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४, सामुदायिक लघुवित्तको ७.८४, सामलिङ पावरको ६.८ प्रतिशत मूल्य बढ्यो ।
ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३२.२१ अंकले घट्यो नेप्से
घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा
सेयर बजार ४६ अंकले घट्यो, १० अर्बको कारोबार
नेप्सेमा झिनो गिरावट
२८२१ अंकमा झर्यो सेयर बजार
२८४६ अंकमा झर्यो सेयर बजार