काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकासहित १३ वटा पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि गठबन्धनको औचित्य समाप्त भएको छ।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका सभापति रामनरेश यादवले शनिबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् ।
सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली काँग्रेस र जसपाबाहेकका अन्य दल नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी र लोसपा अस्तित्वमा भए पनि ती दलको प्रभाव जिल्लामा कमजोर छ।
सत्ता गठबन्धनका दुई प्रमुख दल काँग्रेस र जसपाले एक्लाएक्लै निवार्चनमा भाग लिने निर्णय गरिसकेपछि गठबन्धनको औचित्य नरहेको दुवै दलका जिल्लास्तरीय शीर्ष नेताहरूको भनाइ छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ बैशाख २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा