काठमाडौं । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक ग¥यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो ।
घरघरसम्म खाना पु¥याउन अनलाइन सेवा दिएर चर्चित बनेको ‘फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा भित्रिएको यो लगानी नेपालको परिवेशमा आफैँमा ठूलो थियो । देशका विभिन्न ठाउँमा सेवा विस्तारको योजनामा रहेको फुडमान्डुका लागि यो लगानी सहयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिको उपयोगमार्फत सेवा दिइरहेका नेपाली कम्पनीमा भित्रिएको लगानीका यी खबर यत्तिमै अन्त्य हुँदैनन् । बरू नयाँ–नयाँ कम्पनीमा लगानी गर्ने क्रम निरन्तर बढ्दो छ ।
यस्तैमा चैतको पहिलो साता नेपाली स्टार्टअप कम्पनी ‘वाइज्याक’ले पनि करिब तीन करोड रुपियाँ भित्र्याएको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई) मा आधारित भएर स्वास्थ्य प्रविधिमा काम गरिरहेको यो कम्पनीमा ‘टिम भेन्चर’ले लगानी गरेको हो । टिम भेन्चर नेपाली लगानी कम्पनी हो । वाइज्याकले एआई र मसिन लर्निङमा आधारित सफ्टवेयर निर्माण गरेको छ, जुन स्वास्थ्य क्षेत्रका लागि उपयोगी छ । सीप भएका जनशक्तिलाई घरपरिवार तथा कार्यालयमा कामको अवसर प्रदान गर्ने अर्को स्टार्टअप कम्पनी सजिलो मर्मत सेवाले पनि १० करोड रुपियाँ लगानीका रूपमा प्राप्त गर्ने भएको छ ।
क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दोस्रो पटकका लागि पनि हालै मात्र १० लाख अमेरिकी डलर लगानी प्राप्त गरेको छ । पहिलो चरणमा २०२१ जुनमा लगानी पाएको जेनेसमा सम्भावना देखिएको भन्दै बिजनेस अक्सिजनले लगानी थपेको हो । गोरखापत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ बैशाख २०७९, ०७ : ४२
लेखकबाट थप