हवाई जहाज हावामा थियो तब अगाडिको सीसा टुट्यो र विमानको पाइलट आधा बाहिर । यो कुनै हलिउड फिल्मको दृश्य नभई चीनको यात्री विमानमा घटित वास्तविक घटना हो । रोचक कुरा के छ भने, विमानका अर्का पाइलटले आफ्ना को–पाइलटलाई भित्र तानेर ज्यान जोगाए र विमानलाई आकस्मिक अवतरण गराए । विमानमा सवार सबै यात्री सुरक्षित छन् । क्याप्टेन लियो च्वान जीएनले एयरबस ए–३१९, ३२ हजार फिटको उचाईमा उडिरहेका बेला ककपिटमा पड्केको आवाज आयो ।
उनले चेंगडु इकोनोमिक डेलीसँग भने, ‘यस्तो हुने कुनै चेतावनी थिएन ।’ ‘विन्डशिल्ड अचानक टुट्यो र ठूलो स्वरमा पड्किएको आवाज आयो । र मैले देखें कि मेरा को–पाइलट विन्डशिल्डभन्दा आधा बाहिर निस्किएका थिए ।’
को–पाइलटले सिट बेल्ड लगाएका कारण ठूलो दुर्घटना हुनबाट बच्यो । उनलाई तानेर भित्र ल्याइयो । यसैबीच प्रेशर र खस्कँदो तापक्रमका कारण विमानको उपकरणमा खराबी आउन थाल्यो । क्याप्टेनले भने, ‘ककपिटको हरेक सामान हावामा उडिरहेको थियो । म रेडियो सुन्न सकिरहेको थिइनँ । प्लेन यति जोडसँग हल्लिरहेको थियो कि मैले त्यसलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ ।’
दुर्घटना कसरी ?
दुर्घटनाका बेला सिचुआन एयरलाइन्स 3U8633 दक्षिण–पश्चिम चीनको चोंग–चिंगबाट तिब्बतको ल्हासा जाँदै थियो । यात्रीलाई बिहानको नास्ता दिने क्रममा अचानक विमान ३२ हजार फिटको उचाईबाट खसेर २४ हजार फिटको उचाईमा आयो ।
एक यात्रीले आफ्नो अनुभव साझा गर्दै भने, ‘के भइरहेको छ, हामीलाई केही थाहा थिएन । निकै आत्तिएका थियौं । अक्सिजन मास्क तल आएको थियो । विमान खसिरहेको महसुस भएको थियो तर केही पलमा नै त्यो सम्हालियो ।’ चीनका नागरिक उड्डयन विभागले को–पाइलटको नारी मर्किएको र उनको अनुहारमा केही चोट लागेको जानकारी दियो ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार १ सय १९ यात्रु भएको उक्त विमानलाई सुरक्षित ल्यान्डिङ गराइयो । विमानमा उत्रिएपछि चेंगडुमा करिब २७ यात्रीको स्वास्थ्य परिक्षण गराइयो । त्यसपछि ५० बढी यात्रीले ल्हासा जानका लागि अर्को विमान बुक गरे ।
विमानलाई सुरक्षित तरिकाले अवतरण गराएकोमा क्याप्टेन लियोको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन् । चीनको माइक्रो ब्लगिङ साइट सिना बिबोमा मंगलबार #ChinaHeroPilot ट्रेन्ड गरिरहेको छ । यसले १६ करोड भ्युज र १.७८ करोड कमेन्ट पायो । त्यस्तै #SichuanAirlinesWindscreenGlassCracked ह्यासट्याग ले ६.८ करोड भ्युज र ४९ हजार कमेन्ट्स पायो । -बीबीसी China Sichuan Airlines pilot 'half sucked out of plane' survives
प्रतिक्रिया दिनुहोस