सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

पत्रपत्रिकाबाट

बुधबार, ०२ जेठ २०७५, ०८ : २८
सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

काठमाडौं । सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् ।

अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् ।

असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो । आजको नागरिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ । निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्वायर पाइप जस्ता सामाग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस