चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।
अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश छन् । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ ।
आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड