काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपियाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन ।
ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । करिब दुई साता अघि ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । कामपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण ब्रुमर थन्किएको स्वीकार्दै भनिन्– ‘सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रकिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ ।’ हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २८ चैत्र २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर