काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो ।
यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा मात्रै सिफारिस गरिएपछि उनले अस्वीकार गर्दै आएका छन् ।
एक महिनाअघि नै न्याय परिषद्ले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, उनले न्यायाधीशमा नगई मुख्य रजिष्ट्रारमै रहने अडान राख्दै आएका छन् । अडानकैबीच कुँवर लामो समयदेखि बिदामा बसे । मुख्य रजिष्ट्रार कुँवरले आफू उच्च अदालतको न्यायाधीशमा नजाने भन्दै कामु प्रधानन्यायाधीशलाई निवेदन दिए । सर्वोच्चमा विदा सकेर पुनः मुख्य रजिष्ट्रारको काममा फर्किएका कुँवरलाई दुई दिनअघि कामु प्रधानन्यायाधीशले पाटन उच्च अदालतमा हाजिर हुन निर्देशन दिएका छन् ।
कामु प्रधानन्यायाधीश कार्कीले निर्देशन दिए पनि कुँवर उच्च अदालतमा नजाने अडानमा छन् । मुख्य रजिष्ट्रार कुँवरको अडानपछि कामु प्रधानन्यायाधीश कार्की अप्ठ्यारोमा परेका छन् । मुख्य रजिष्ट्रारको उपस्थितिमा आफूले सर्वोच्चमा काम गर्न नसक्ने भन्दै कामु प्रधानन्यायाधीश कार्की अबको तीन दिनभित्रमा पनि उच्च अदालतको न्यायाधीशमा हाजिर हुन नगए परिषद्बाट कारबाही थाल्ने तयारीमा रहेको सर्वोच्च स्रोतले बतायो ।
कामु प्रधानन्यायाधीश कार्की मुख्य रजिष्ट्रार कुँवरका कारण आफूअनुकूल काम गर्न सक्ने अवस्थामा छन् । कार्कीले आफू मुख्य रजिष्ट्रार पद न्यायाधीशको लिस्नो बनाउने पक्षमा आफू कहिल्यै नरहेको बताउने गरेका छन् । यसअघि पनि सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतको मुख्य न्यायाधीश बनाउँदा ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाएका थिए ।
मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउन हुँदैन भन्ने पक्षमा रहँदै आएका कामु प्रधानन्यायाधीश कार्कीले योपटक आफ्नो नेतृत्वमा न्याय परिषद्को बैठकबाट कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ चैत्र २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान