१४ वर्षीयाले पार्किङमा जन्माइन् बच्चाः आमाबुवा भन्छन्, ‘छोरी गर्भवती भएको थाहै थिएन’

मंगलबार, ०१ जेठ २०७५, १२ : ०५
१४ वर्षीयाले पार्किङमा जन्माइन् बच्चाः आमाबुवा भन्छन्, ‘छोरी गर्भवती भएको थाहै थिएन’

भारतको चन्दीगढमा बस्ने १४ वर्षीया किशोरीलाई आइतबार बेस्सरी पेट दुख्यो । पिडा बढ्दै गएपछि उनको परिवारले उपचारका लागि अस्पताल पुर्याए । जब उनीहरु गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए तब ती किशोरीले पार्किङमा नै ६ महिनाको प्रि–मेचुअर शिशुलाई जन्म दिइन् । शिशुको जन्मने बित्तिकै मृत्यु भयो । पुलिसले मुद्दा दर्ता गरेर आरोपीको पहिचानका लागि अनुसन्धान सुरु गरेको बताएको छ । यसबारे किशोरीसँग पनि सोधपुछ गरिएको छ तर बेलुकासम्म उनले केही पनि जानकारी नदिएको बताइएको छ ।

९ कक्षाकी छात्राः
स्रोतका अनुसार ९ कक्षाकी छात्रा उनी आफ्नो आमाबुवासँगै बस्दै आएकी थिइन् । आइतबार बिहानै किशोरीले आफूलाई अत्यधिक पेट दुखेको बताएपछि गाडी लिएर अस्तपाल पुगे । पार्किङमा गाडी राखेर पैदल हिँडिरहेका बेला उनलाई थप पीडा भयो । सहन नसक उनी भुइँमा बसिन् । त्यसको केही बेरमा किशोरीले शिशुलाई जन्म दिइन् । उक्त घटना सुरक्षागार्डले देखेपछि त्यहाँ डाक्टरको समूह पुगेको बताइएको छ ।

आमाबुवाले भने, ‘हामी अचम्ममा छौं, छोरी गर्भवती भएको थाहै थिएन ’
किशोरीका आमाबुवाका अनुसार उनीहरुलाई छोरी गर्भवती भएको थाहै थिएन । दुबै कामकाजी हुन् । उनी भन्छन्, ‘हामीलाई कसैमाथि शंका पनि छैन किनभने हामीले यस्तो होला भनेर कहिल्यै सोचेका थिएनौं । साथै, छोरीले पनि कहिले यसबारे केही पनि भनेकी छैनन् ।  हामी त उनको पेट किन दुख्यो भनेर उपचारका लागि आएका थियौं । हामी चकित छौं । थाहा छैन हामीबाट कहाँ र कसरी गल्ती भयो ।’

किशोरीलाई अस्पतालबाट डिस्चार्ज भइसकेको छ तर उनको रुटिन चेकअप भइराख्नुपर्ने बताइएको छ । साथै, किशोरीको काउन्सिलिङ पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस