‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए...’

एजेन्सी

सोमबार, ३१ बैशाख २०७५, १५ : ४६
‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए...’

आइतबार मदर्स डे को मौकामा संसारभरीका मानिसहरुले आ–आफ्नो तरिकाले जीवनमा आमाको योगदानलाई याद गरिरहेका थिए । यसैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक कार्यक्रम प्रस्तोताले ट्वीट गरे जहाँ मोदीकी आमाको कुरा निकालिएको छ ।  

भोइस अफ राम नामको ट्वीटर ह्यान्डलबाट लेखियो, ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए त्यो भारतका हरेक छोराका लागि उत्कृष्ट उपहार हुनेथियो । ’ उक्त पोष्टसँगै ‘मदर्श डे’ ह्यासट्यागको पनि प्रयोग गरिएको थियो ।

उक्त ट्वीटपछि मानिसहरुले महाराष्ट्र सरकारसँग उक्त ट्वीटर ह्यान्डल चलाउने विरुद्ध मुद्दा दर्ता गनुपर्ने माग गरेका छन् ।
ट्वीटरको तर्फबाट भेरिफाइड उक्त ह्यान्डललाई एक टीभि रियालिटी शोका प्रस्तोता र पूर्व आम आदमी पार्टीसँग सम्बन्धित रघुरामले चलाउने बताइएको छ । उक्त ह्यान्डलबाट धेरैजसो ठट्टायुक्त ट्वीट गरिन्छ तर धेरै पटक आपत्तिजनक ट्वीटका कारण पनि यो चर्चामा आउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस