चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन ।
यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए ।
अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ चैत्र २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार