काठमाडौं । रूसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा गर्न नसकिने जनाएको छ । रूसका प्रवक्ता दमित्री पेस्कोवले वार्तामा आशा गर्ने कुनै कुरा नदेखेको बताएका हुन् । उनले केही प्रगति भए यसबारे जानकारी दिने उल्लेख गरे ।
यसैबीच रूसी सैनिक लुहान्स्कको उत्तर पूर्वी क्षेत्रमा भीषण बमबारी गरिरहेको छ। रूसी सैनिकले उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको छ । तर दोनेत्स्कको क्षेत्रमा अहिले पनि रुसको पकड बलियो हुन सकेको छैन ।
अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा स्थानीय शहरमा तोपको ३५ हमला भएको छ । राजधानी कीएवमा तोपको आवाज आज विहानदेखि लगातार सुनिएको बीबीसीले समाचारमा जनाएको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ चैत्र २०७८, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ