काठमाडौं । नेपालका लागि बंगलादेशका गैर–आवासीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।
बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापतिको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ वर्षको सैन्य सेवाबाट प्रधानसेनापति शर्माको बिदाई
देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न युवाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति