माधव नेपाल टर्की प्रस्थान

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, २२ : १२
माधव नेपाल टर्की प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सोमबार टर्की प्रस्थान गरेका छन् । 

टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कम्फरेन्समा सहभागी हुन उनी सोमबार राति  टर्कीस एअरलान्सको उडानबाट इस्तानावुल हॅुदै अंकरातर्फ प्रस्थान गरेका हुन् ।

मार्च २९-३१ सम्म आयोजना हुने उक्त समिटलाई उनले सम्बोधन गर्नेछन् ।

उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको नेपालको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस