निर्वाचनमा जनप्रतिनिधिले दोहोरिने इच्छा देखाएर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १४ : ०१
निर्वाचनमा जनप्रतिनिधिले दोहोरिने इच्छा देखाएर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताएका छन ।

स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने, नहुने बिचार गर्न उनले सुझाव दिए । आज (आइतबार) गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा(नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा उक्त सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नहुने उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने पनि बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।

राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर त्यसको आधारमा टिकट दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस