काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको आलोचना गरेका छन् । अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसदेखि राष्ट्रिय जनमोर्चा सम्मको कामको विरोध गरेका हुन्।
नेपाली कांग्रेसका नेता नपढे पनि महान हुन्छन्, कम्युनिष्टहरु जति पढे पनि हुँदैनन् भन्ने आम धारणा छ भन्दै कटाक्ष गरे। राष्ट्रिय जनमोर्चाले एमालेले जिताइदिएको एक सांसद पद पनि आगामी निर्वाचनबाट जोगाउन नसक्ने भएपछि गठबन्धन छोड्न नसकेको टिप्पणी गरे ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले पनि आफूलाई कम्युनिष्ट बताउने गरेको आरोप लगाए ।प्रकास सपूतको ‘तिम्रो मायाले पिर दियो’ भन्ने गीतले माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले कुनै पार्टीलाई अप्ठेरो पारेको टिप्पणी गरे।
मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गर्न समेत छुटाएनन् । कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ चैत्र २०७८, १४ : ३१
लेखकबाट थप