कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ०८ : ०३
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस