मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १६ : ०५
मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

काठमाडौं । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बलात्करपछि हत्या गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस