रियल र एम्बाप्पे सम्झौता नजिक

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १२ : ०५
रियल र एम्बाप्पे सम्झौता नजिक

काठमाडौं । फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेलाई स्पेनिस महारथी रियल मड्रिडले भित्र्याउने प्रयास गरेको लामो समय भइसकेको छ । उनी रियल आउँछन् वा आउँदैनन् भन्ने अन्योल थियो । तर यसको अन्योलता चाँडै नै अन्त्य हुने भएको छ । 
स्पेनिस खेल पत्रिका मार्कालाई आधार मान्ने हो भने सबै कुरा अपेक्षा अनुसार भएमा अर्को सातासम्ममा रियलले यी फरवार्डलाई अनुबन्ध गर्नेछ ।लामो समयदेखि रियल एम्बाप्पेलाई आफ्नो बनाउन चाहन्थ्यो ।

गएको सिजन रियलले एम्बाप्पे भित्र्याउने हर सम्भव प्रयास गरेको थियो, तर सफल हुन सकेन । विशेषतः पेरिस सेन्ट जर्मेन ९पिएसजी०का मालिक नासिर अल(खेलाफी रियलको यो सपनामा तगारो बनेका थिए । तर, अब त एम्बाप्पेलाई रोक्ने अवसर उनको हात पनि रहेन । अहिले रियल र एम्बाप्पेका प्रतिनिधिबीच गम्भीर छलफल चलिरहेको छ ।३० जुन मा एम्बाप्पे र पिएसजीबीचको सम्झौता सकिनेछ र उनी रियलका लागि सजिलै उपलब्ध हुन सक्छन् । 

युइएफए च्याम्पियन्स लिगको अन्तिम(१६ मा रियल र पिएसजी नै भिडेका थिए । जसमा रियल विजयी भयो । यही खेलपछि अनुबन्ध प्रक्रिया तीब्र गतीमा अगाडि बढेको हो, जसले अब चाँडै आकार पाउने छ ।  

प्रतिक्रिया दिनुहोस