मेनोपजसँग डर लाग्छ ? यस्ता छन् यसका फाइदाहरू

एजेन्सी

मंगलबार, २९ असोज २०८१, ११ : ५३
मेनोपजसँग डर लाग्छ ? यस्ता छन् यसका फाइदाहरू

काठमाडौँ । मेनोपज अर्थात् रजोनिवृत्ति सामान्यतया स्वास्थ्य महिलाको जीवनमा ४५ देखि ५५ वर्षको बिचमा हुन्छ। कयौँ महिलाहरूका लागि, रजोनिवृत्ति नयाँ जीवन जस्तै हो ।  यसमा तिनीहरूको सम्पूर्ण जीवनशैली परिवर्तन हुन्छ। यो अवधिमा महिलाले आफ्नो उचित हेरचाह नगर्ने हो भने धेरै समस्याबाट गुज्रनुपर्ने हुन्छ । यी समस्याका कारण रजोनिवृत्ति हुनु भनेको महिलाको जवानी अन्त्य हुनु हो  भन्ने धारणा मानिसहरूमा पाइन्छ । यस्ता गलत अवधारणा महिलाहरूमा डिप्रेसन र चिन्ताको कारण बन्छन् । तर रजोनिवृत्तिको सकारात्मक पक्षहरूलाई हेर्ने हो भने यो  जीवनको अर्को चरण हो ।

यस चरणमा स्वतन्त्रता, भावनात्मक स्थिरता र समग्र स्वास्थ्यमा ध्यान केन्द्रित गर्न सकिन्छ ।  आजको यस लेखमा हामीहरू रजोनिवृत्तिका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।  सकारात्मक पक्षहरू महिनावारी सम्बन्धी समस्याबाट राहत – सामान्यतः १२ महिनासम्म महिनावारी नहुँदा रजोनिवृत्ति पूर्ण मानिन्छ। यो विशेष गरी अनियमित महिनावारी, रक्तश्राव अनि दुखाइबाट पीडित महिलाहरूको लागि लाभदायक हुन सक्छ ।  ती महिलाहरूले रजोनिवृत्तिपछि यस्ता पीडाबाट राहत महसुस गर्न सक्छन्। प्याडहरू किन्ने सूर्ता मेनोपजपछि महिलाहरूले झोलामा सधैँ आपत्कालीन सेनेटरी प्याड किनेर राख्नु पर्दैन । बाहिर कतै जाँदा बाथरुम कहाँ छ, कपडामा रगत लाग्यो भने के गर्ने वा अतिरिक्त कपडा वा प्याड बोक्नुपर्ने चिन्ता पनि हुन्न ।

यसबाहेक, सेनेटरी प्याडहरू किन्दा खर्च गर्नु पर्ने पैसाको पनि बचत हुन्छ ।  सामाजिक हुने स्वतन्त्रता  महिनावारीको कारण  धेरै महिलाहरू सामाजिक कार्यक्रममा जान सक्दैनन् वा जाँदैनन् । तर रजोनिवृत्तिमा महिनावारीको चिन्ता हट्छ र महिलाहरू आफ्नो परिवार, साथीहरू र आफन्तहरुसँग गहिरो र बलियो सम्बन्ध बनाउन सक्षम हुन्छन्। गर्भ बस्ने चिन्ता हुन्न रजोनिवृत्ति पछि महिलाहरूलाई गर्भ बस्ला कि भन्ने चिन्ता हुन्न । यो पनि एक खाले स्वतन्त्रताको अनुभव हो । बिना कुनै चिन्ता आफ्नो इच्छा अनुसार आफ्नो शरीर प्रयोग गर्न सक्छन्  । आफ्नो स्वास्थ्यमा पूर्ण ध्यान दिन सक्छन् ।  हर्मोनल परिवर्तनबाट राहत हरेक महिना महिलाहरू हर्मोनको उतारचढावबाट गुज्रिरहेका हुन्छन् । हर्मोनल उतारचढावको कारण मुड स्विंग लगायतका अवस्थाबाट गुज्रिन्छन् ।  रजोनिवृत्ति पछि अधिकांश महिलाहरू स्थिर महसुस गर्छन्  । निर्णय लिन कम समस्या हुन्छ। सेल्फ–केयरका लागि समय रजोनिवृत्ति पछि महिलाहरू अरूको भन्दा आफ्नो हेरचाहमा ध्यान केन्द्रित गर्न सक्षम हुने  एक अनुसन्धानले देखाएको छ । यस्तोमा उनीहरूले आफ्नो स्वास्थ्य, कसरत दिनचर्या, यात्रा, सामाजिक जमघटमा समय दिन सक्छन् ।

पहिलेभन्दा धेरै आत्मविश्वासका साथ हरेक काम गर्न पनि सक्षम हुन्छन् । यी सबै कारणहरूले गर्दा रजोनिवृत्ति भएपछि  महिलाहरूको शरीरमा धेरै परिवर्तन आउँछ । उनीहरूको स्वास्थ्यमा यसले निकै धेरै असर गर्दछ । तर पर्याप्त आराममा ध्यान दिने, कसरत र स्वस्थ आहार अपनाउने र आफ्नो हेरचाहलाई बढी समय दिने हो भने यस उमेरमा पनि अन्य उमेरभन्दा बढी आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस