ईसेवाबाट स्कुलको शुल्क तिर्दा पाइने अफर सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, ११ : ४५
ईसेवाबाट स्कुलको शुल्क तिर्दा पाइने अफर सार्वजनिक

काठमाडौँ । ईसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ। ईसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिने भएको छ।

यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिप्सन गर्न सकिने ईसेवाले जनाएको छ। किड्स इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क सब्क्रिप्सन गर्न सकिनेछ। ईसेवामार्फत देशभरबाट ४ हजारभन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ।हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन्। ईसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट इसेवा जोन तथा पोइन्ट रहेका छन्।त्यस्तै ईसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या करिब ५० लाख पुगेका छन्। ईसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढी छन्।

ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। ईसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। 


 

प्रतिक्रिया दिनुहोस