काठमाडौं । पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।
यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा ।
घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीमा परी यो वर्ष हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
इलेक्ट्रिक साइकल सोरुममा आगलागी
नक्सालस्थित टेस्ला शोरुममा आगलागी
सानोभर्याङ काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति
पोखरामा कपास उद्योगमा आगलागी