काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका छन् ।
बुधबार पार्टीको पोलिट्ब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका हुन् ।
‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँच दलीय गठबधनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए’ अध्यक्ष नेपालले भनेका छन् ।
उनले प्रतिवेदनमा अघि भनेका छन्, ‘ त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ति सबै खतरालाई टारेका छौं ।’
हेर्नुहोस् राजनीतिक प्रतिवेदन
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक
नेकपा एसमा प्रतिनिधित्व : ३३ प्रतिशत महिला, २० प्रतिशत युवा