प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाकको निरीक्षण

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, ०८ : ०१
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाकको निरीक्षण

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । 

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ । 

निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा ९धेद्रे सुरुङखण्ड ९प्याकेज २०को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस