काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नयाँ जनादेश आवश्यक रहेको बताएका छन् ।
एमाले मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।
उनले संसद्मा आफ्ना मागहरू पूरा नहुँदासम्म एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राख्ने भन्दै संसद्मा नाराबाजीका बीचमा पनि सरकारलाई सही दिशामा लग्ने काम भइरहेको बताए ।
महासचिव पोखरेलले एमाले निर्वाचनका लागि तयार भए पनि गठबन्धन दलहरू अझै तयार हुन नसकेको आरोप लगाउँदै एमाले गठबन्धन र एक्लै जसरी आए पनि भिड्न तयार रहेको छ भने ।
सो अवसरमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले यही फागुन २५ गते मोरङको रङ्गेलीमा तराईमधेस बृहत् आमसभामा विभिन्न पार्टीका जनप्रतिनिधिसहित पाँच हजार कार्यकर्ता प्रवेश गर्नाका साथै ५० हजार सर्वसाधारण सहभगी हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ फागुन २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल
विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल