काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसममा ठूलो उतार चढाव नआउने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रष्ट्याएको छ । मौसमका कारण मोदी भ्रमणमा कुनै असर नहुने बताउँदै महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छ ।
शुक्रबार काठमाडौं, पोखरार मुक्तिनाथ क्षेत्रमा अपराह्नपछिको मौसम धुमिएर हल्का बर्षा हुने सम्भावना रहे पनि जनकपुरमा त्यस्तो अवस्था नरहने बताइएको छ । शनिबार यी चारवटै गन्तव्यमा अपराह्नको मौसममा सामान्य उतार चढाव आउने संकेत देखिए पनि बिहान र दिउँसोको मौसम सामान्य रहने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ बैशाख २०७५, ०७ : १५
लेखकबाट थप