बैंक अफ काठमाडौंको ब्याजदरमा मनोमानी, हायर पर्चेज कर्जामा आफुखुसी असुली

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १० : ४१
बैंक अफ काठमाडौंको ब्याजदरमा मनोमानी, हायर पर्चेज कर्जामा आफुखुसी असुली

काठमाडौं । नेपालमा पछिल्लो पटक बैंक, वित्तिय संस्थाहरु खुल्ने क्रम हवात्तै बढेको छ । शहरी क्षेत्र देखि ग्रामीण भेग सम्म अधिकांश बैंकहरुले शाखा, एक्सटेन्सन काउन्टर खोलेर सेवा प्रवाह गरिरहेका छन् । यसले सेवाग्राही लाभान्वित भएका छन तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले लिने ब्याजदरमा मनोमानी गर्ने गरेको पाईएको छ ।

प्रवाहित कर्जाको ब्याजदरसमेत विभिन्न वाहानामा बढाउने गरेका छन् । घर तथा गाडी खरिदका लागि प्रवाहित कर्जामा बैंकहरूको मनपरी चलिरहेको छ । फिक्स ब्याजदरमै प्रवाहित कर्जामा समेत दर बढाउन थालेपछि केन्द्रिय बैंकमा गुनासो गर्नेहरुको संख्या पनि उत्तिकै छ । बैंकहरूले ऋणीलाई मात्र हैन निक्षेपकर्ता पनि महँगो ब्याजदरमा निक्षेप गर्न लगाएर खबर नै नगरी ब्याजदर घटाइ दिन्छन् । आज एउटा दर कायम गरेर ब्याज लिने र त्यसको ब्याज दर भोलिपल्ट नै बिनाजानकारी ऋणको ब्याजदर बढाइदिन्छन् ।

एटीएम कार्ड, पिन नम्बर रिकभर, चिप्स मर्मत, बैंक स्टेटमेन्ट, चेकबुकलगायतका विविध यावत् विषयमा त खबर नै नगरी बैंकहरूले खाताबाट रकम काटिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लिने क्रममा घोषणा गरिएको बैंकको ब्याजदरमा पटकपटक वृद्धि भइरहँदा कतिपय व्यवसायी धरासायी हुने अवस्थामा पुगेका छन् । बैंकले ऋणीहरूको ब्याजदर लगातार वृद्धि गरिरहेका हुन्छन् । ऋणीले निश्चित समयमा ऋण तिर्नेगरी कर्जा लिएका हुन्छ, एउटा कबुलमा महिनैपिच्छे ब्याजदर तिर्छ तर उसले सोचेजस्तो हुँदैन र पटकपटक ब्याजदर बढिरहन्छ ।

बैंकहरूमा तरलता बढेसँगै बैंकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन विभिन्न प्रलोभन देखाउने गरेका छन् ।  यिनै लोभका कारण मध्यम बर्गका कर्जाका ऋणीहरु बैंकको चंगुलमा फस्ने गरेका छन् र  यस्तै बैंकको चंगुलमा फस्ने ऋणीहरु मध्ये अधिकांश बैंक अफ काठमाडौं (बीओके) बाट पिडित हुने पुगेका छन् । ऋणीहरु केही सुचनै नगरी बैंकले कर्जाको ब्याज बढाईदिदा मर्कामा परेको गुनासो गरेका छन् । यस्तै ५ वर्ष अघि हायर पर्चेजमा कर्जा लिएका एक ऋणी बीओकेको कर्जा जालमा फसिरहेका छन् ।

उनले कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ । मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्ने गरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदा हुँदा ब्याज झन् झन् बढाउँदै लगेको उनले गुनासो गरे ।

कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यति त्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो । उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जति जति ईएमआई भर्दै गयो त्यति त्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’

२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥याइयो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन् झन् वढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो छ ।बीओकेलगायतका बैंकहरूले यसरी ठगी गरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेपछि भने राष्ट्र बैंकले २०७७ कात्तिकबाट लागू हुनेगरी स्थिर ब्याजदर लागू गर्नुपर्नेगरी निर्देशिका जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा ब्याज बढाउने नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै घर र गाडी किन्न ऋण लिएका वा लिनेहरूका लागि ब्याज नबढाउन नपाइने व्यवस्था गरेको हो ।तर बीओकेले त्यसपछि पनि कर्जामा अस्थिरता कायम गरी नै रहेको छ । बीओकेले २०७७ को फागुनमा पनि बिना जानकारी ब्याज बढाई ईएमआई भराएको थियो । २०७८ को जेठमा र गत मंसिरमा पनि बीओकेले कर्जाको ब्याजदरमा मनपरी गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले घर र गाडी कर्जामा ब्याजदर बढाउन पाइनेछैन । अब बैंकहरूले नभई व्यक्तिगत ग्राहकले नै ऋण लिँदा स्थिर वा परिवर्तन हुनेगरी छनोट गर्न सक्नेछन् । तर, बैंकहरूले सानो अक्षरमा भएको सम्झौतापत्रमा थाहै नदिई हस्ताक्षर गर्न लगाउँछन् र बिना जानकारी ब्याजदर बढाइ दिन्छन् ।

राष्ट्र बैंकले निर्देशनमा भनेको छ, ‘यो निर्देशन जारी हुनुपूर्व मासिक÷त्रयमासिक÷आवधिक किस्तामा भुक्तानी हुनेगरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जालगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुनेगरी कर्जाका सर्तहरू परिवर्तन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस