काठमाडौं । नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमतिपछि सभापतिमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् ।
चुनावी प्रतिस्पर्धाबाट हटेपछि सहमति हुँदा नागेश्वर यादव सर्वसम्मतले निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।
कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो । दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गरिएको पूर्व जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको भनाइ छ । तीन जना उम्मेदवार मध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १ हजार ११, सुशिल यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत ल्याएका थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १५ : ०९
लेखकबाट थप