अवैध करिव १६ लाख जापानी येन सहित एक जना विमानस्थलबाट पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १९ : ३६
अवैध करिव १६ लाख जापानी येन सहित एक जना विमानस्थलबाट पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका–६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।