नेपाल सुपर लिगमा रञ्जित धिमाल फेरि विराटनगरको मार्की खेलाडी

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, ११ : ४३
नेपाल सुपर लिगमा  रञ्जित धिमाल फेरि विराटनगरको मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी फुटबल क्लबले रञ्जित धिमाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । गत वैशाखमा भएको एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरले रउनलाई नै मार्की खेलाडी छनोट गरेको थियो ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि ९एनइएसएम० ले फुटबलको फ्रेन्चाइज लिग एनएसएलको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन गर्दैछ । त्यसअघि नै मार्की खेलाडीको टुंगो लगाउन क्लबलाई जानकारी दिएको थियो ।

गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि विराटनगरले मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई अनुबन्ध गरिसकेको छ । 

२६ चैतदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची(इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

झापाले अञ्जन विष्ट, धनगढीले विशाल राईलाई मार्की खेलाडी घोषणा गरेका छन् भने ललितपुरले विमल घर्तीमगरलाई अनुबन्ध गरेको चर्चा छ ।  

प्रतिक्रिया दिनुहोस