कोपा इटालिया फुटबल: आत्मघाती गोलमा युभेन्ट्सको जित

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १० : ४२
कोपा इटालिया फुटबल: आत्मघाती गोलमा युभेन्ट्सको जित

काठमाडौं । लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ ।

बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो ।

जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस