आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, ०७ : ४५
आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। यद्यपि बिहीबार दिउँसो र राति पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान भने पहाडी भूभागमा आंशिक बदली छ । भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले भनेको छ, ‘दिउँसो सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।’

तर, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै  र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना  छ।  

यस्तै राति पनि देशको पहाडी तथा हिमाली भूभागमा सामान्य बदली हुँदा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस