सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : ०५
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाला सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस