संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर-७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।
श्रेष्ठलाई चैनपुर(७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको खतिवडाले बताए ।
रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मृगको मासुसहित एक जना पक्राउ