व्याख्यात्मक घोषणाले एमसीसीमा रहेका आशंका हटेको छ : शक्ति बस्नेत

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, २० : ५१
व्याख्यात्मक घोषणाले एमसीसीमा रहेका आशंका हटेको छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसीसीका विषयमा गरिएको व्याख्यात्मक घोषणाले यसभित्र रहेका आशंका हटेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि जारी छलफलमा सहभागी हुँदै उनले आर्थिक सहायतका रुपमा मात्र  नभइ राजनीतिक विषय जोडिएर आएका कारण आशंका उत्पन्न भएकोमा अब आशंका हटेको बताएका छन् । 

‘आर्थिक सहायतका रुपमा स्वीकार गर्नुपर्छ। तर, त्यसभन्दा केही बाहिर गएर अन्य राजनीतिक विषय पनि जोडिएका थिए,’ बस्नेतले भने, ‘गठबन्धन दल र सरकारले त्यसभित्रका केही आशंकाहरु थिए । ती निवारण गर्ने काम भएको छ।’

प्रतिक्रिया दिनुहोस