काठमाडौं । व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयमा केही नेताहरु असहमत भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवासमा आज विहान बसेको शीर्ष नेताहरूको बैठकले व्याख्यात्मक टिप्पणी सहित संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयमा नेताहरु कृष्णबहादुर महरा, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवगुरूङ लगायत नेताहरुले असहमति राखेका छन् । केन्द्रीय सदस्य समेत रहेका नेता लीलामणि पोखरेलले एमसीसी अनुमोदन गर्ने निर्णयमा सहमत हुन नसक्ने बताए ।
‘व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने भन्ने कुराको कुनै अर्थ छैन । पार्टीको यसअघिको निर्णयको पक्षमा छौं’, पोखरेलले भने ।नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने र विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रका कतिपय नेताहरु एमसीसीको विपक्षमा सडक प्रदर्शनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार