मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १० : २८
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

file Photo

सर्लाही । सर्लाहीको धन्कौलमा ‍‍मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । 

शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका(२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका-३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

दुर्घटनामा कौडेना गाउँपालिका ५, का दिपेश मुखिया घाइते भएका छन् । उनको  भेनेस अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए  ।