युक्रेन राजधानी किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

एजेन्सी

आइतबार, १५ फागुन २०७८, ०८ : १३
युक्रेन राजधानी किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

एजेन्सी । मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । 

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस