काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली टोली आज (शुक्रबार) स्वदेश फर्कंदैछन् ।
तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ । नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी-२० प्रतियोगितामा सहभागी हुने मौका भने गुमाएको छ ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो । यस्तै, सेमिफाइनलमा भनेयुएईसँग ६८ रनले पराजित भएको थियो ।
प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
नेपालले लिग-२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
हङकङबाट फर्कियो नेपाली क्रिकेट टोली